अनाथ आश्रमका बालबालिकालाई स्कुल भ्यान सहयाेग · NKJASHODA Skip to main content
NIL KRISHNA JASHODA FOUNDATION
 ← Back to News

June 2, 2026

अनाथ आश्रमका बालबालिकालाई स्कुल भ्यान सहयाेग

अमेरिकाको क्यालिफोर्नियामा रहेको निलकृष्ण जसोदा सिटौला फाउन्डेसनले ललितपुर महानगरपालिका–२५ नख्खुडोलस्थित तुलसी फाउन्डेसनद्धारा सञ्चालित तुलसालय आश्रमका बालबालिकाका लागि स्कुल बस सहयोग गरेको छ ।

अनाथ आश्रमका बालबालिकालाई स्कुल भ्यान सहयाेग

ललितपुर महानगरपालिका–२५ नख्खुडोलस्थित तुलसी फाउन्डेसनद्धारा सञ्चालित तुलसालय आश्रममा आश्रित रहेका बालबालिकालाई दिनमै करिब १५ किलोमीटर टाढा पैदल स्कुल जाने गरेकाले सो अवस्थाको अन्त्यकालागि सो फाउन्डेसनका संस्थापक अध्यक्ष ईश्वर कान्त सिटौलाको अगुवाईमा अमेरिकामा रहेका नेपाली नागरिकहरु माझ सञ्चालन गरेको गो फन्ड मि मार्फत् निलकृष्ण जसोदा सिटौला फाउन्डेसनले १२०० डलर, नेपाली ओमेन ग्लोवल नेटवर्क क्यालिफोर्नियाले ३०१ डलर,नेपाली एसोसिएसन नर्थेन क्यालिफोर्निया २५१ डलर, क्रियटिभ नेपाली युथ अर्गनाइजेसन क्यालिफोर्नियाले १८१ डलर एवम् १६३ सहयोगीहरुबाट संकलन गरेको रकमबाट खरिद गरिएको सो स्कुल भ्यान शनिबार उक्त आश्रमलाई हस्तान्तरण गरिएको छ ।

“GoFundMe” अभियान सञ्चालन गरेर अमेरिकी ८ हजार २ दुई सय १ डलर १० लाख ८९ हजार रुपैयाँ उक्त आश्रमलाई दिइएको र आश्रमले १६ लाख ७५ हजार रुपैयाँमा सो भ्यान खरिद गरिएको जानकारी उक्त आश्रमका सञ्चालक तथा तुलसी फाउन्डेसनका अध्यक्ष सरु सुवेदीले जानकारी दिनुभयो ।

निलकृष्ण जसोदा सिटौला फाउन्डेसनको नेपाल शाखाका प्रमुख गोपीकृष्ण प्रसाईं किशोर उप्रेती,पवन प्रसाईं,एच ताम्राकार लगायतको टिमले शनिबार आश्रममा आयोजित एक विशेष समारोहमा सो भ्यानको रिबन काटेर आश्रमलाई हस्तान्तरण गरिएको थियो ।

त्यस अवसरमा गोपीकृष्ण प्रसाईंले गरिब तथा असहाय बालबालिकालाई आश्रय दिइ लालन पालन गरिरहेको तुलसालय आश्रमको प्रशंसा गर्दै यस्ता बालबालिका विद्यालय जान सजिलो हुनेगरी यस्तो पवित्र काममा सहयोग गर्न पाएकामा उक्त फाउन्डेसन निकै गौरवान्वित भएको बताउनुभयो । उहाँले उक्त फाउन्डेसनले शिक्षा, साहित्य तथा कलाकारिताका क्षेत्रमा पनि सहयोग पुर्याउँदै आएको पनि जानकारी दिनुभयो ।

त्यस अवसरमा आश्रमका तर्फबाट अध्यक्ष सुवेदीले उक्त आश्रमका बारेमा जानकारी दिँदै बसका लागि १० लाख ८९ हजार रुपैयाँ सहयोग जुटाइदिने निलकृष्ण जसोदा सिटौला फाउन्डेसनका अध्यक्ष दम्पति ईश्वर कान्त दुर्गा सिटौलालाई विशेष धन्यवाद दिनुभयो । साथै उहाँले उक्त बसका लागि थप रकम आश्रमले बैंकबाट ऋण लिएर जुटाएको जानकारी दिँदै थप सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

यसैगरी बालबालिकाको शिक्षाका लागि अभियानमा हुम्लाका दुई छोरीहरुको जिम्मेवारी लिनु भएका पुकार थापा का मातापिता नाट्य सम्राट मालती मङ्गलेका नायक मङ्गले हरि बहादुर थापा एवम् मिठु थापाले रकम हस्तान्तरण समेत गर्नु भयो।

सो समारोहमा पं मिनप्रसाद भट्टराईको समूहले स्वस्ती बाचन गरी शुभाशिष प्रदान गर्नुभएको थियो । साथै उहाँले आफूले सो आश्रमका लागि सक्दो सहयोग उपलब्ध गराउँदै आएको जानकारी पनि दिनुभयो ।

Share this update:


Stay in the Loop

Get community updates delivered to your inbox.

 Donate now
Donate now