Community Activities
News & Updates
What's happening across the foundation's programs and events.
भाेटेकाेशी नदीमा बाढी पिडितलाइ राहत
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी बाट प्रभावित भएका पीडितहरूका लागि सरकार र विभिन्न संघसंस्थाहरूले राहत प्याकेज र आर्थिक सहयोग वितरण गरिरहेका
अनाथ आश्रमका बालबालिकालाई स्कुल भ्यान सहयाेग
अमेरिकाको क्यालिफोर्नियामा रहेको निलकृष्ण जसोदा सिटौला फाउन्डेसनले ललितपुर महानगरपालिका–२५ नख्खुडोलस्थित तुलसी फाउन्डेसनद्धारा सञ्चालित तुलसालय आश्रमका बालबालिकाका लागि स्कुल बस सहयोग गरेको छ ।
वरिष्ठ गणित विज्ञान विशेषज्ञ टंकनाथ धमलालाई ‘सम्मान पत्र–२०८२’
काठमाडौं — वरिष्ठ गणित विज्ञान विशेषज्ञ तथा शिक्षाविद् श्री टंकनाथ धमलालाई Nilkrishna Jashoda Sitaula Foundation Inc., USAद्वारा प्रदान गरिएको ‘सम्मान पत्र–२०८२’ प्राप्त भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ। गणित शिक्षण क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आउनुभएको उहाँको योगदानलाई उच्च सम्मान गर्दै प्रदान गरिएको यस सम्मानले शिक्षा क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदर गरेको छ। धमला सरको मार्गदर्शनमा सहायकका रूपमा कार्य गर्ने अवसर प्राप्त गर्नु आफ्ना लागि गौरवको विषय भएको उल्लेख गर्दै उहाँका विद्यार्थी तथा सहकर्मीहरूले उहाँको ज्ञान, अनुभव र मार्गदर्शनप्रति कृतज्ञता व्यक्त गरेका छन्। गणित शिक्षण तथा शैक्षिक क्षेत्रमा उहाँको योगदान आगामी पुस्ताका लागि समेत प्रेरणादायी रहने विश्वास व्यक्त गर्दै उहाँको निरन्तर सफलता, सुस्वास्थ्य र दीर्घायुको कामना गरिएको छ। हार्दिक बधाई तथा शुभकामना, टंकनाथ धमला सर!
नीलकृष्ण–जसोदा सिटौला फाउन्डेसनद्वारा पवित्र समाज सेवा नेपाललाई खाद्यान्न सहयोग
Nil Krishna Jashoda Sitaula Foundationले बुढानीलकण्ठ–४ स्थित पवित्र समाज सेवा नेपाललाई दैनिक आवश्यक खाद्यान्न तथा सामग्री व्यवस्थापनका लागि रु. ४५ हजार सहयोग गरेको छ।
नीलकृष्ण–जसोदा सिटौला फाउन्डेसनद्वारा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
नीलकृष्ण–जसोदा सिटौला फाउन्डेसन, उत्तरी क्यालिफोर्नियाले चिकित्सा, साहित्य, विज्ञान, पत्रकारिता तथा समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ।
नीलकृष्ण जसोदा फाउन्डेसनका अध्यक्ष इश्वरकान्त सिटौलाद्वारा प्रतिष्ठित व्यक्तित्वको सम्मान
नीलकृष्ण जसोदा फाउन्डेसनका अध्यक्ष इश्वरकान्त सिटौलाले नेपालका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरेका छन्। विदेशमा रहेर पनि जन्मभूमिप्रतिको जिम्मेवारी र सामाजिक सेवाको भावनालाई निरन्तरता दिँदै गरिएको यस पहलको प्रशंसा गर्दै सम्मानित सबै व्यक्तित्वलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।