March 31, 2025
नीलकृष्ण–जसोदा सिटौला फाउन्डेसनद्वारा पवित्र समाज सेवा नेपाललाई खाद्यान्न सहयोग
Nil Krishna Jashoda Sitaula Foundationले बुढानीलकण्ठ–४ स्थित पवित्र समाज सेवा नेपाललाई दैनिक आवश्यक खाद्यान्न तथा सामग्री व्यवस्थापनका लागि रु. ४५ हजार सहयोग गरेको छ।
काठमाडौं — अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित Nil Krishna Jashoda Sitaula Foundationले बुढानीलकण्ठ–४ स्थित पवित्र समाज सेवा नेपाललाई दैनिक आवश्यक खाद्यान्न तथा सामग्री व्यवस्थापनका लागि रु. ४५ हजार सहयोग गरेको छ।
फाउन्डेसनका अध्यक्ष इश्वरकान्त सिटौलासहित गोपीकृष्ण प्रसाईं, किशोर उप्रेती, पवन प्रसाईं र लक्ष्मी उप्रेती पवित्र समाज सेवा नेपालको परिसरमा पुगेर उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष सिटौलाले आपत्–विपत् तथा आवश्यकताका समयमा पवित्र समाज सेवा नेपाललाई निरन्तर सम्झने र साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
पवित्र समाज सेवा नेपालकी दिक्षा चापागाईंले फाउन्डेसन तथा सम्पूर्ण सहयोगी नेपाली दाजुभाइ–दिदीबहिनीप्रति आभार व्यक्त गर्दै विदेशमा रहेर पनि नेपालका दुःखी तथा असहाय नागरिकलाई सम्झेर गरिएको सहयोग मानवीय सेवाका लागि महत्वपूर्ण रहेको बताइन्।
उनले फाउन्डेसनले लामो समयदेखि नेपाल र नेपालीका लागि गर्दै आएको परोपकारी तथा सामाजिक सेवाको प्रशंसा गर्दै यस्ता मानवीय कार्यले समाजमा सहयोग र सेवाको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरिन्।
पवित्र समाज सेवा नेपालले फाउन्डेसनका अध्यक्ष इश्वरकान्त सिटौलासहित सहयोग लिएर उपस्थित सम्पूर्ण प्रतिनिधिलाई विशेष धन्यवाद व्यक्त गरेको छ।
Published
Mar
31
Monday, March 31, 2025
Community Update