नीलकृष्ण जसोदा फाउन्डेसनका अध्यक्ष इश्वरकान्त सिटौलाद्वारा प्रतिष्ठित व्यक्तित्वको सम्मान · NKJASHODA Skip to main content
NIL KRISHNA JASHODA FOUNDATION
 ← Back to News

November 12, 2023

नीलकृष्ण जसोदा फाउन्डेसनका अध्यक्ष इश्वरकान्त सिटौलाद्वारा प्रतिष्ठित व्यक्तित्वको सम्मान

नीलकृष्ण जसोदा फाउन्डेसनका अध्यक्ष इश्वरकान्त सिटौलाले नेपालका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरेका छन्। विदेशमा रहेर पनि जन्मभूमिप्रतिको जिम्मेवारी र सामाजिक सेवाको भावनालाई निरन्तरता दिँदै गरिएको यस पहलको प्रशंसा गर्दै सम्मानित सबै व्यक्तित्वलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

नीलकृष्ण जसोदा फाउन्डेसनका अध्यक्ष इश्वरकान्त सिटौलाद्वारा प्रतिष्ठित व्यक्तित्वको सम्मान

जन्मभूमि नेपालमा प्रतिष्ठित व्यक्तित्वलाई सम्मान गर्दै नीलकृष्ण जसोदा फाउन्डेसनका अध्यक्ष, इश्वरकान्त सिटौलाको प्रेरणादायी पहल

काठमाडौं — राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिएको छ। आफ्नो कर्मभूमि अमेरिकामा रहेर पनि जन्मभूमि नेपालको कला, साहित्य, शिक्षा, विज्ञान, पत्रकारिता, चिकित्सा, समाजसेवा तथा संगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यो सम्मान प्रदान गरिएको हो।

सम्मान तथा प्रोत्साहनको यो महत्वपूर्ण पहल सिटौला समाज उत्तर अमेरिकाका प्रथम उपाध्यक्ष तथा नीलकृष्ण जसोदा फाउन्डेसनका अध्यक्ष, क्यालिफोर्निया, अमेरिका निवासी इश्वरकान्त सिटौलाको पहलमा सम्पन्न भएको हो।

सम्मानित हुने प्रतिष्ठित व्यक्तित्वहरूमा सुप्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा. सन्दुक रुइत, सुप्रसिद्ध वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, पूर्वराजदूत तथा कूटनीतिज्ञ प्रल्हादकुमार प्रसाईं, युवा कवि तथा साहित्यकार नवराज पराजुली, कर्तव्यनिष्ठ शिक्षक होमनाथ न्यौपाने, पत्रकार एच.बी. ताम्राकार, समाजसेवी सरु सुवेदी, गायिका सिम्रन परियार, वरिष्ठ समालोचक तथा साहित्यकार दधिराज सुवेदी, प्राज्ञ तथा गीतकार उन्नति बोहोरा ‘शिला’, प्राध्यापक तथा साहित्यकार डा. फणिन्द्रराज निरौला, साहित्यकार सुशीला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेमप्रकाश सिटौला तथा गायिका कोपिला शिवाकोटी लगायतका व्यक्तित्वहरू रहेका छन्।

देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेका व्यक्तित्वहरूको सम्मान र प्रोत्साहनले उनीहरूको योगदानको कदर हुनुका साथै नयाँ पुस्तालाई पनि आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र मातृभूमिप्रतिको माया, जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै इश्वरकान्त सिटौलाले गरेको यस पहलप्रति सिटौला समाज उत्तर अमेरिकाले हार्दिक आभार व्यक्त गरेको छ।

संस्थाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “यो पुण्य कार्यले हाम्रो संस्थाको मात्र नभई विदेशमा बसेर आफ्नो जन्मभूमिको माया गर्ने सम्पूर्ण नेपालीहरूको शिर उच्च भएको छ। हामीले पक्कै गौरव महसुस गरेका छौं।”

साथै, सम्मानित सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै उदाहरणीय तथा अनुकरणीय सामाजिक कार्यहरू अघि बढाउन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ।

सिटौला समाज उत्तर अमेरिकाले सामाजिक सेवा, प्रतिभा प्रोत्साहन तथा जन्मभूमिसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने यस्ता रचनात्मक गतिविधिले नेपाली समुदायबीच सहकार्य र सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

Share this update:


Stay in the Loop

Get community updates delivered to your inbox.

 Donate now
Donate now