नीलकृष्ण–जसोदा सिटौला फाउन्डेसनद्वारा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित · NKJASHODA Skip to main content
NIL KRISHNA JASHODA FOUNDATION
 ← Back to News

February 24, 2025

नीलकृष्ण–जसोदा सिटौला फाउन्डेसनद्वारा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

नीलकृष्ण–जसोदा सिटौला फाउन्डेसन, उत्तरी क्यालिफोर्नियाले चिकित्सा, साहित्य, विज्ञान, पत्रकारिता तथा समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ।

नीलकृष्ण–जसोदा सिटौला फाउन्डेसनद्वारा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

उत्तरी क्यालिफोर्निया, फेब्रुअरी २१, २०२५ — नीलकृष्ण–जसोदा सिटौला फाउन्डेसन, उत्तरी क्यालिफोर्नियाले चिकित्सा, साहित्य, विज्ञान, पत्रकारिता तथा समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ।

फाउन्डेसनका संरक्षक तथा संस्थापक इश्वरकान्त सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् प्रा. डा. अभि सुवेदी प्रमुख अतिथि रहेका थिए।

समारोहमा प्रा. डा. गणेशकुमार राई, पुरूषोत्तम लोचन श्रेष्ठ, डा. प्रदीप पाण्डे, शारदा चन्द, आशिष अविरल, जयदेव भट्टराई, युवा वैज्ञानिक भुवन गुरुङ, निर्भीक तुहुरे तथा पत्रकार विजेता चौधरी लगायतलाई सम्मान गरिएको थियो। साथै प्रा. डा. माधवप्रसाद पोखरेललाई अभिनन्दन तथा साहित्यकार पत्रकार बालिका गिरी र समाजसेवी दिल्लीराज सिटौलालाई सम्मान गरिएको थियो।

कार्यक्रममा फाउन्डेसनको आठौँ वार्षिकोत्सवका अवसरमा स्मारिका तथा लक्ष्मी उप्रेतीको पुस्तक ‘मनको रंग’ विमोचन गरिएको थियो। बालबालिकाद्वारा सांस्कृतिक प्रस्तुति समेत गरिएको समारोहमा फाउन्डेसनको निबन्ध प्रतियोगिताको नतिजासमेत घोषणा गरिएको थियो।

प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले सम्मानका लागि व्यक्तित्व छनोटमा फाउन्डेसनले कायम गरेको मापदण्डको प्रशंसा गरेका थिए। कार्यक्रमले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने प्रतिभा र व्यक्तित्वलाई प्रोत्साहन गर्ने फाउन्डेसनको उद्देश्यलाई थप उजागर गरेको छ।

Share this update:


Stay in the Loop

Get community updates delivered to your inbox.

 Donate now
Donate now